राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्न एमाले नेताहरू एसको कार्यालयमा

काठमाडाैं | फागुन १८, २०७९

राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्न एमाले नेताहरू एसको कार्यालयमा

काठमाडौं : राष्ट्रपति निर्वाचनबारे छलफल गर्न  एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न एमाले नेताहरू बिहीबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए।

 

राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्बाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,रघुविर महासेठ र विमला राईले अध्यक्ष नेपाललाई भेटेका हुन् । सो क्रममा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।

 

छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल,उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरू सहभागी थिए।

 

राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ। 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्